१६ असार २०८३, मंगलबार 1782850674
Banner

इरानसँग २ हप्ता युद्धविराम गर्न अमेरिका सहमत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग दुई हप्ताका लागि युद्धविराम गर्न सहमत भएका छन्।

स्ट्रेट अफ हर्मुज तुरुन्त खोल्ने शर्तमा यस्तो सहमति गरिएको ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत जनाएका छन्। ट्रम्पका अनुसार यो युद्धविराम दुईपक्षीय हुनेछ, जसमा अमेरिका र इरान दुवैले आक्रमण रोक्नेछन्। यससँगै इजरायलले पनि अस्थायी रूपमा आफ्नो सैन्य कारबाही रोक्न सहमति जनाएको ह्वाइट हाउसले जनाएको छ।

यो सहमति पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफको पहलपछि आएको खबरमा उल्लेख छ। उनले अमेरिका र इरानबीच कूटनीतिक वार्ताका लागि दुई हप्ताको समय दिन युद्धविराम प्रस्ताव गरेका थिए। यसबीच, इरानले भने आफूले अमेरिका माथि ‘ठूलो विजय’ हासिल गरेको दाबी गर्दै १० बुँदे प्रस्ताव स्वीकार गराएको जनाएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नागरिक पूर्वाधार ध्वस्त पार्ने चेतावनीसहित दिएको कडा समयसीमा सकिदै गर्दा यो सहमति बनेको हो।