काठमाडौँ । काठमाडौँको दक्षिणकालीमा निजी कार भिरबाट खसेर दुर्घटना भएको छ । हेटौँडाबाट काठमाडौँ आउँदै गरेको बिएबी–५२८१ नम्बरको कार आइतबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।
मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–७ का ३४ वर्षीय सुरज खड्का छन् । दक्षिणकाली नगरपालिका–८ स्थित रानिभिरमा कार सडकबाट करिब ७ सय मिटर तल खसेको छ । प्रहरी र सशस्त्रको टोलीले शव र कार निकाल्ने प्रयास गरिरहेको छ । घटनाबारे प्रहरी प्रभाग फर्पिङले अनुसन्धान सुरु गरेको छ ।


