फु्ङ्लिङ (ताप्लेजुङ), २० वैशाख : माघदेखि फुल्न थालेका गुराँस वैशाख तेस्रो सातासम्म पुग्दा अधिकांश क्षेत्रमा झरिसकेका छन् । अहिले मौसमअनुसार पनि गुराँस फुल्ने अन्तिम सयम हो । बेँसी क्षेत्रमा माघको तेस्रो सातादेखि र पहाडी तथा हिमाली क्षेत्रमा जेठको दोस्रो सातासम्म फुल्ने गुराँसले प्रकृतिक सुन्दरतासँगै पर्यटन प्रवर्द्धन गर्नुका साथै आनम्दानीको स्रोत पनि बनेको छ । ताप्लेजुङ हिमाली जिल्ला भएकाले वनपाखामा प्रशस्त गुराँस पाइन्छ ।
अझ चैत–वैशाखमा वनपाखामा देखिने राताम्य गुराँसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिरहेको हुन्छ । पछिल्लो समयमा गुराँस फुल्ने क्षेत्र नजिकै खाजा घर, होमस्टे (घरबास), चिया पसल सञ्चालन हुन थालेपछि स्थानीयको आयआर्जन वृद्धि हुनुका साथै पर्यटन प्रवर्द्धन पनि हुँदै गएको ताप्लेजुङ एफएमका स्टेसन म्यानेजर देवराज गुरुङले बताउनुभयो । गत महिनादेखि गुराँस फुल्ने पाखामा घरबास सञ्चालन गर्न थालेको बताउँदै उहाँले दुई दशकदेखि गर्दै आएको सञ्चारकर्मीको पेसालाई परिवर्तन गरी घरवाससँगै स्थानीय उत्पादनका परिकारको प्रवर्द्धन गर्दै आएको उल्लेख गर्नुभयो । गुरुङले गुराँसको रुख देखाउँदै भन्नुभयो, “पछिल्लो समय गुराँसका बोट हुर्काउँदै सोहीमार्फत आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिँदै आएको छु । यस वर्ष गुराँसले गर्दा मनग्य व्यापार भयो । यहाँका एक सय क्षेत्रमा गुराँसले आम्दानी लिन सकिने रहेछ । विगतमा यहाँ गुराँस फूले पनि होटल क्षेत्र वरिपरि बगैँचा नहुँदा समस्या थियो । अहिले बगैँचा विस्तारमा पनि जोड दिएको छु ।” जैविक विविधता क्षेत्रमा लामो समयदेखि ताप्लेजुङमा काम गर्दै आउनुभएका हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले पाथीभरा क्षेत्रमा २२ प्रजातिका गुराँस पाइने जानकारी दिनुभयो । “चैत–वैशाखमा पाथीभरा मन्दिर जाने पदमार्ग क्षेत्र गुराँसले राताम्य देखिन्छ । यसको संरक्षण र विस्तार गर्दै पर्यटन प्रवर्द्धनमार्फत स्थानीयको आयआर्जनमा सुधार गर्दै लगेका छौँ”, उहाँले भन्नुभयो । गुराँस फुल्ने समयमा पाथीभराको दर्शन गर्दै गुराँस हेर्न आउने तीर्थयात्री तथा पर्यटकको चाप बढ्ने उहाँको अनुभव छ । पाथीभरा क्षेत्रमा सञ्चालन रहेको होटेल व्यवसायीले गुराँस फुल्ने समयमा मनग्य आम्दानी लिँदै आएका पाथीभरा क्षेत्र होटल व्यवसायी सङ्घका अध्यक्ष इन्द्रनारायण श्रेष्ठले बताउनुभयो । ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभा जिल्लाको सङ्गमस्थल गुराँसको राजधानीका रूपमा रहेको तीनजुरे जलजले मिल्के क्षेत्रमा ३२–३३ प्रजातिको गुराँस पाइइने उहाँले जानकारी दिनुभयो । यो क्षेत्र पूर्वको प्रसिद्ध र सम्भावना बोकेको पर्यटकीय गन्तव्य हो । गुराँस फुल्ने समयमा बाह्य तथा आन्तरिक पर्यटकको भिड हुने गरेकाले बगैँचा विस्तारसँगै पर्यटकीय गतिविधि चलायमान बनाउँदै लैजानुपर्नेमा सङ्खुवासभा चैनपुर नगरपालिका–१ का होटल व्यवसायी हरी खनालले जोड दिनुभयो । उहाँका अनुसार यस क्षेत्रमा तराई क्षेत्रबाट आन्तरिक पर्यटक गुराँस हेनका लागि आउने गर्दछन् । गुराँस फुल्ने समयमा यहाँका होटल व्यवसायीको आम्दानी बढ्ने खनालले बताउनुभयो । उहाँका अनुसार तेह्रथम जिल्लाको बसन्तपुर क्षेत्रमा गुराँसको जुस र रक्सी प्रसिद्ध छ । मैवाखोला क्षेत्रमा पर्ने मिल्केमा गुराँसपार्क निर्माण गरिएको छ । पर्यटन मन्त्रालयमार्फत रु सात करोड लागतमा पार्क निर्माण गरी विभिन्न संरचना बनाइएका होटल व्यवसायी खनालले जानकारी दिनुभयो । समुद्री सतहबाट दुई हजार २०० मिटरदेखि तीन हजार ५०० मिटरको उचाइका वनजङ्गलमा गुराँस उहाँको भनाइ छ । नेपाल गुराँस जैविक विविधतामा धनी मुलुकमध्ये एकका रूपमा परिचित रहेको वनस्पतिविद् केशवराज राजभण्डारीले बताउनुभयो । । “विश्वभर हालसम्म एक हजार १५७ प्रजातिका गुराँस पाइन्छन् । तीमध्ये नेपालमा मात्रै ३३ प्रजातिका छन्”, उहाँले भन्नुभयो । वनस्पतिविद् राजभण्डारी र विदेशी लेखक मार्क एफ वाट्सनको सहकार्यमा प्रकाशित ‘रोडोडेन्ड्रन अफ नेपाल’ नामक पुस्तकका अनुसार कञ्चनजङ्घा संरक्षण क्षेत्र तथा वरपरका क्षेत्रमा गुराँसका ३३ प्रजाति फेला परेका छन् । नेपालको पूर्वी भेगदेखि सुदूरपश्चिमसम्मका मध्य तथा उच्च पहाडी र हिमाली क्षेत्रमा गुराँस पाइने वनस्पतिविद् राजभण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार देशको कूल वन क्षेत्रमध्ये करिब १० प्रतिशत भूभागमा गुराँस पाइने वन विज्ञको तथ्याङ्कमा उल्लेख छ । नेपालबाहेक चीन, भारत, भुटान, म्यानमार, भियतनाम, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, उत्तर कोरिया, दक्षिण कोरिया, जापान र अस्ट्रेलियामा गुराइँ बढी पाइने वनस्पतिविद् राजभण्डारीले उल्लेख गर्नुभयो ।
पूर्वी नेपालको तेह्रथुम जिल्लास्थित लालीगुराँस नगरपालिका गुराँस पर्यापर्यटनको प्रमुख प्रवेशद्वारका रूपमा परिचित छ । विशेषगरी चैतदेखि जेठसम्म तीनजुरे क्षेत्र गुराँसले राताम्मे बन्छ । रातो, सेतो, रातो–सेतो छिर्केमिर्के तथा हल्का पहेंलो रंगका गुराँसले डाँडाकाँडा ढकमक्क ढाकिँदा प्राकृतिक सौन्दर्य झनै मनमोहक देखिन्छ ।
ष्mबनभकका अनुसार तिनजुरे–मिल्के–जलजले वन क्षेत्रमा २८ भन्दा बढी प्रजातिका गुराँस पाइन्छन् । यद्यपि कुन प्रजाति कहाँ पाइन्छ भन्नेबारे स्पष्ट अध्ययन भने अझै हुन सकेको छैन ।
ष्mबनभक
ाभबतगचभ ष्mबनभ
लालीगुराँस नगरपालिकाको उत्तरी भागमा अवस्थित तीनजुरे डाँडो उत्तर तथा उत्तरपश्चिमतर्फ संखुवासभाको धर्मदेवी नगरपालिकासँग जोडिएको छ । तीनजुरे डाँडादेखि उत्तरतर्फ गुफापोखरीसम्म फैलिएको भूभागलाई समग्रमा तिनजुरे क्षेत्रका रूपमा चिनिन्छ ।
ाभबतगचभ ष्mबनभ
यस क्षेत्रसँग जोडिएका तेह्रथुमको मेन्छायाम धाप गाउँपालिका तथा संखुवासभाका मादी र चैनपुर नगरपालिका पनि समान उचाइ र उस्तै प्रकृति भएका क्षेत्र हुन् ।
ाभबतगचभ ष्mबनभ
तेह्रथुमको तीनजुरे, मिल्के र जलजले क्षेत्रमा यतिबेला लालीगुराँस फुलेर वनजंगल रंगिएका छन् । ‘गुराँसको राजधानी’ भनेर चिनिने यस क्षेत्रमा विश्वभर पाइने ३२ प्रजातिका गुराँसमध्ये २८ प्रजाति पाइने बताइन्छ । गुराँसको अनुपम सौन्दर्य अवलोकन गर्न हरेक वर्ष यो मौसममा हजारौँ आन्तरिक तथा बाह्य पर्यटक तीनजुरे पुग्ने गर्दछन् । तिनजुरे जाने पर्यटकलाई बाटोभरि पहाड आफैंले फूलको मुस्कानले स्वागत गरिरहेको हुन्छ ।
ाभबतगचभ ष्mबनभ
कोशी पहाडी राजमार्ग अन्तर्गत धरान, धनकुटा, बसन्तपुर हुँदै टुटे देउराली पुगिन्छ । टुटे देउरालीबाट गुराँसको घना जंगल हुँदै एक घण्टा पैदलपछि पाथिभरा पनि पुगिन्छ । सानो पाथिभरा मन्दिर पुगेपछि त्यहाँको धार्मिक आस्था र प्राकृतिक शान्तिले मन शान्त हुन्छ । हजारौं खुड्किला चढेर पुगिने त्यो मन्दिर केवल धार्मिक स्थल मात्रै होइन, आत्मालाई शान्त बनाउने स्थल पनि हो भन्ने भान हुन्छ ।
तीनजुरे, मिल्के र जलजले क्षेत्रलाई समेटेर बनेको राष्ट्रिय गुराँस संरक्षण क्षेत्र साँच्चै प्रकृतिको अनुपम उपहार हो । त्यहाँ पाइने विभिन्न प्रजातिका गुराँसले त्यो क्षेत्रलाई विशेष बनाएको छ ।
ाभबतगचभ ष्mबनभ
मलाई लाग्छ, तीनजुरे यात्रा एकपटक गरेपछि मनबाट कहिल्यै ओझेमा पर्दैन । आँखाले देखेको त्यो सौन्दर्य सँधै स्मृतिमा ताजै रहन्छ ।
आरआर गार्डेनमा पुगेर वरिपरिको दृश्य नियाल्दा लाग्छ—स्वर्ग शायद यस्तै हुन्छ होला । ढुंगाका कलात्मक आकृति, पोखरीको शान्त पानी, गुराँसका रंगीचंगी फूल र हरियालीले थकाइ बिर्साइदिन्छ ।
चोलुङ पार्क
तीनचुरे यात्रा गर्नेले छुटाउँनै नहुने अर्को ठाउँ हो चोलुङ पार्क । प्रकृतिपूजक लिम्बु समुदायको सांस्कृतिक आत्मा बोकेको त्यो पार्क साँच्चै अद्भुत छ । त्यहाँ पुगेपछि बुझिन्छ ढुंगा केवल निर्जीव वस्तु होइन, इतिहास हो, संस्कार हो, विश्वास हो ।
ाभबतगचभ ष्mबनभ
पूर्वी पहाडी भेगमा बसोबास गर्ने लिम्बु समुदायको जीवनमा ढुंगाको विशेष महत्व छ । जन्मदेखि मृत्युसम्मका संस्कारमा ढुंगालाई साक्षी राख्ने परम्परा आजसम्म जीवित छ । मितेरी गाँस्दा, सम्बन्ध जोड्दा वा तोड्दा समेत ढुंगा गाड्ने संस्कारले उनीहरूको सभ्यता कति गहिरो र मौलिक छ भन्ने अनुभूति गराउँछ । ाभबतगचभ ष्mबनभ
“चो” अर्थात् लक्ष्य र “लुङ” अर्थात् ढुंगा—यही अर्थबाट बनेको रहेछ ‘चोलुङ’ । लिम्बु सभ्यताको पुनर्जागरण गर्ने उद्देश्यले निर्माण गरिएको यो पार्क साँच्चै सांस्कृतिक संग्रहालयजस्तै छ ।
पार्कभरि गाडिएका अग्ला ढुंगाका स्तम्भ, युमा देवीसँग सम्बन्धित संरचनाहरू, ढुंगाको तराजु, पवित्र पानीका मुहान, ऐतिहासिक घरहरू—यी सबैले लिम्बु सभ्यताको मौन कथा सुनाइरहेका हुन्छन् । प्रकृति र संस्कृतिको यस्तो संगम विरलै देख्न पाइन्छ ।
ाभबतगचभ ष्mबनभ
कहिलेकाहीँ पृथ्वीले केही यस्ता ठाउँ बनाउँछ, जहाँ पुगेर मानिस केवल घुमेर फर्कँदैन—ऊ आफैंभित्र केही बदलिएको महसुस गर्छ ।
तीनजुरे त्यस्तै एउटा ठाउँ हो । जहाँ पुगेर प्रकृतिलाई केवल हेरिँदैन, महसुस गरिन्छ । जहाँ गुराँसका फूलहरू केवल फुल्दैनन्, मनभित्र पनि रंग भरिदिन्छन् । र जहाँबाट फर्किएपछि पनि यात्राको तिर्सना कहिल्यै मेटिँदैन ।


