२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 1:07 pm
Banner

सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अबरुद्ध

सूचना प्रेस २०८३ बैशाख २५ शुक्रबार ००:००, ०७:१६ बजे १ मिनेट पढाइ

भरतपुर । सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अबरुद्ध भएको छ। उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको हो।

मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरोले सडक पूर्ण रूपमा बन्द भएको छ। सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन गरिएको जनाइएको छ।