२५ बैशाख २०८३, शुक्रबार 1778245112
Banner

वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार भएको नयाँ प्रधान न्यायाधीश नियुक्तिसम्बन्धी संवैधानिक परिषद्को सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

त्रिपाठीले शुक्रबार बिहान सर्वोच्च अदालतमा रिट पेश गर्दै चौथो वरीयतामा रहेका डा. मनोजकुमार शर्मालाई प्रधान न्यायाधीशका लागि गरिएको सिफारिस संविधानको आधारभूत परिकल्पनाविपरीत रहेको दाबी गरेका छन्। उनले उक्त सिफारिसले न्यायिक स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप हुने तथा न्यायपालिकालाई कार्यपालिकामातहत ल्याउने प्रयास भएको जिकिर गरेका छन्।

रिटमार्फत उनले संवैधानिक परिषद्को सिफारिस बदर गरी पहिलो वरीयतामा रहेकी सपना प्रधान मल्ललाई प्रधान न्यायाधीशमा सिफारिस गर्न परमादेश जारी गर्न माग गरेका छन्।