काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।

बैठकमा सचिवालय सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन गरिएको छ ।
बैठकमा पार्टीको भेला, अधिवेशनको विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन तथा केन्द्रीय समिति बैठकका विषयमा छलफल हुने बताइएको छ ।


