३० बैशाख २०८३, बुधबार 1778676615
Banner

रास्वपाले बनायो रविको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको संयोजकत्वमा महाधिवेशन आयोजक मूल समारोह समिति गठन गरेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा बिहान बसेको केन्द्रीय समिति बैठकले लामिछानेको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको हो ।

रास्वपाले पार्टी स्थापनाको चौथो वर्ष पुगेको अवसरमा आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको छ । मूल आयोजक समितिमा हाललाई केन्द्रीय समितिमा रहने कोषाध्यक्ष लिमा अधिकारीले जानकारी दिइन् ।

यस्तै, महाधिवेशनलाई व्यवस्थित बनाउन विभिन्न उपसमिति गठन गरेको उनले जानकारी दिइन् । अधिकारीका अनुसार उपसमितिको संयोजक तोकिएको छैन । ‘केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोकेको छ । सभापतिको संयोजकत्वमा मूल आयोजक समिति गठन भएको छ । साथै, महाधिवेशनलाई व्यवस्थित गर्न विभिन्न उपसमिति गठन भएको छ’, अधिकारीले भनिन् ।

बैठकले विभिन्न उपसमिति गठन गरेको छ । प्रतिनिधि व्यवस्थापन समिति, प्रतिवेदन तथा प्रस्ताव मस्यौदा समिति, प्रचार प्रसार व्यवस्थापन समिति, सूचना तथा प्रविधि व्यवस्थापन समिति, आवास तथा भोजन समिति, स्वास्थ्य तथा प्राथमिक उपचार व्यवस्थापन समिति, सांस्कृतिक कार्यक्रम समिति र अतिथि सत्कार समिति गठन गरेको छ ।