१४ जेष्ठ २०८३, बिहिबार 1779989954
Banner

गणतन्त्र दिवसलाई सम्बोधन नगर्ने प्रधानमन्त्रीको निर्णय गैरजिम्मेवार : काँग्रेस

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गणतन्त्र दिवस मूल समारोहमा सम्बोधन नगर्ने प्रधानमन्त्री बालेन्द्र साहको निर्णय गैरजिम्मेवार भएको टिप्पणी गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री शाहको उक्त निर्णय गैरजिम्मेवारी र उत्तरदायी नभएको भन्दै आपत्ति जनाएको हो।

अहिलेसम्म अभ्यासमा नै नआएको सो कुरा प्रधानमन्त्री शाहले गर्न खोज्नु गैरजिम्मेवार र उत्तरदायित्व वोधको कमीका रुपमा पार्टी संसदीय दलका लिएको प्रमुख सचेतक बासना थापाले बताइन्।

त्यसैगरी बैठकमा सरकारले जेठ १५ गते ल्याउने आगामी आर्थिक वर्षको बजेट लगायत संसदमा पार्टीको भूमिका र आगामी रणनीतिको विषयमा पनि छलफल गरिएको थियो।