२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 12:57 pm
Banner

कांग्रेसको नयाँ क्रियाशील सदस्यता आवेदन फाराम खुला

सूचना प्रेस २०८३ जेष्ठ १९ मंगलबार ००:००, १०:०० बजे १ मिनेट पढाइ

काठमाडौं ।  नेपाली कांग्रेसले पार्टीको नयाँ क्रियाशील सदस्यता सहज र सरल रूपमा आवेदन फाराम भर्न खुला गरेको छ।

पार्टीका महामन्त्री एवं पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले सो निर्णय गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

समितिको बैठकले नेपालको संविधान र पार्टीको विधानअनुसार योग्यता पुगेका नागरिकले नयाँ क्रियाशील सदस्य बन्नका लागि पार्टीको वेबसाइटमार्फत सहज तथा सरल रूपमा आवेदन फाराम भर्न सकिने गरी खुला गरेको जनाएको छ।