काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिनका लागि गठित समितिले प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ ।
विवादित व्यवसायी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको खुलासा भएपछि उनीमाथि छानबिन थालिएको थियो । छानबिन हुने भएपछि उनले पदबाट राजीनमा दिएका थिए ।
समितिले गुरुङको सम्पत्ति विवरण समेत केलाएर ४५ पेजको प्रतिवेदन तयार पारेको छ । पूर्वन्यायाधीश अच्युतमप्रसाद भण्डारीको संयोजकत्वमा छानबिन समितिले गुरूङलाई क्लिन चिट दिएको बताइएको छ ।
प्रधानमन्त्री कार्यालय स्रोतले प्रतिवेदनको निस्कर्ष ‘सकारात्मक’ रहेको बताएको हो । समितिले क्लिन चिट दिएपछि उनी फेरि गृहमन्त्रीमा फर्किन बाटो खुलेको छ ।
अहिले गृहमन्त्री पद प्रधानमन्त्री बालेन्द्र आफैँले राखेका छन् । प्रधानमन्त्रीले पनि समितिको प्रतिवेदन सार्वजनिक भएपछि मात्रै गृहमन्त्रीबारे बिचार गर्नेगरी आफूसँगै राखेका हुन् ।
स्रोतका अनुसार प्रधानमन्त्री फेर सुधनलाई गृहमन्त्री बनाउन चाहान्छन् । समितिले सुधनलाई क्लिन चिट दिएसँगै उनी फेरि गृहमन्त्रीमा फर्किने सम्भावना बलियो बनेको छ ।


