२५ जेष्ठ २०८३, सोमबार 1780952371
Banner

ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई कारबाही

विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी क्षेत्र नम्बर १ का सांसद हर्कराज राई ९हर्क साम्पाङ० लाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिवाना गरेको छ । सवारी चलाउँदा अपनाउनुपर्ने न्यूनतम सतर्कता समेत नअपनाई लापरबाहीपूर्ण ढङ्गले सवारी चलाएको भन्दै उनलाई कारबाही गरिएको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० दीपक गिरीका अनुसार साम्पाङलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ बमोजिम जरिवाना गरिएको हो ।

गत जेठ २२ गते उदयपुरको बेलकामा आयोजित एक सार्वजनिक कार्यक्रममा सहभागी हुन जाने क्रममा सांसद साम्पाङले आफैँ सवारी चलाएका थिए । सो क्रममा उनले एक हातले स्टेयरिङ समातेर अर्को हातले मोबाइल फोनमार्फत भिडियो बनाउँदै सवारी चलाएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । जिम्मेवार पदमा बसेको व्यक्तिले नै ट्राफिक नियमको धज्जी उडाएको भन्दै सर्वत्र आलोचना भएपछि ट्राफिक प्रहरीले अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाएको थियो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ मा यातायात निरीक्षक वा प्रहरीले तत्काल सजाय गर्न सक्ने सम्बन्धी व्यवस्था छ । सोही दफाको उपदफा ९१० को खण्ड ९द० मा ‘लापरबाही साथ सवारी चलाएको’ अवस्थामा ट्राफिक प्रहरीले तत्काल जरिवाना गर्न सक्ने उल्लेख छ ।