काठमाडौं । काभ्रेमा बस दुर्घटना भएको छ । बनेपाबाट रोशी चम्पा जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बसनमोबुद्ध नगरपालिकाको सेल्फीडाँडामा दुर्घटना भएको हो ।
दुर्घटनामा सातजनाको घटनास्थलमै मृत्यु भएको जानकारी प्राप्त भएको छ । अझै धेरैको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ । उद्वार कार्य जारी छ ।


