काठमाडौँ । विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित खेलमा ब्राजिल र मोरक्कोले पहिलो हाफसम्म १–१ गोलको बराबरी खेलेका छन् । आइतबार बिहान जारी खेलमा दुवै टोलीले आक्रामक फुटबल प्रदर्शन गरिरहेका छन् ।

२४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ मैदान उत्रिएको ब्राजिल खेलको २१ औँ मिनेटमै स्तब्ध बनेको थियो । अफ्रिकी पावरहाउस मोरक्कोका मिडफिल्डर इस्माइल साइबारीले उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को सुरुवाती अग्रता दिलाएका थिए ।
सुरुवातमै एक गोलले पछि परेपछि दबाबमा देखिएको ब्राजिलका लागि स्टार स्ट्राइकर भिनिसियस जुनियर संकटमोचक बने । खेलको ३२ औँ मिनेटमा भिनिसियसले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका छन ।


