४ असार २०८३, बिहिबार 1781774388
Banner

प्रधानमन्त्रीले आज बजेटबारे उठेका प्रश्नको जवाफ दिने

काठमाडौं : सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको २६ औँ बैठक आज बस्दैछ।

आज बिहान ११ बजे बस्ने बैठकका लागि संसद् सचिवालयले सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेको छ, जसअनुसार आज विनियोजन विधेयक (बजेट), २०८३ माथि उठेका प्रश्नहरूको जवाफ दिने र विधेयक पारित गर्ने तयारी कार्यसूची रहेको छ। 

आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालय तथा निकायहरूको शीर्षकहरूमाथि बजेट छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित माननीय मन्त्रीहरूले जवाफ दिनेछन्। आज प्रधानमन्त्री बालेन्द्र शाहले पनि संसदमा जवाफ दिनेछन्। उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र रक्षा मन्त्रालयका जवाफ दिने कार्यसूची रहेको छ।

ससद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आज  शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय ,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।