४ भदौ २०८३, बिहिबार 1787254970
समाचार

दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान

काठमाडौँ : विशेष अदालतको आदेशअनुसार व्यवसायीहरू दीपक भट्ट र शुलभ अग्रवाल कारागार चलान भएका छन्। सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासमा बयान र थुनछेक बहस भएको थियो।

भट्ट र अग्रवालसमेतले विभिन्न बिमा कम्पनीहरुका साथै हिमालयन लार्जक्यापसमेतको सामुहिक कोषको रकम दुरुपयोग गरी कृतिम रुपमा धितोपत्र बजारको मुल्य उतारचढाव गराउने समेतका कसुर गरेको आरोप छ। उनीहरुले समूह खडा गरेर आपराधिक षड्यन्त्र गर्ने, कोषको रकम अपचलन गर्ने, ब्रोकर नं ५५ को खातामा रकम जम्मा गराउने समेका कार्यमा संलग्नता रहेको भन्दै अभियोग दायर भएको छ।

गैरकानुनी रुपमा विभिन्न कसुर गरेको आरोपमा छुट्टा छुट्टै र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि छुट्टै अभियोग दायर भएको छ। सम्पत्ति शुद्धीकरणको कसुरमा भट्टलाई २६ अर्व ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ बिगो कायम गरिएको छ। अग्रवाललाई २५ अर्व ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ बिगो दाबी गरिएको छ।