४ असार २०८३, बिहिबार 1781812667
Banner

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौँ । बजेटको सबैभन्दा महत्त्वपूर्ण अङ्गको रूपमा रहेको आर्थिक वर्ष २०८३र८४ को विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।

बिहीबार १३ वटा निकायको विनियोजनमाथि छलफल सकिएसँगै उक्त प्रस्ताव बहुमतले पारित भएको हो । प्रतिनिधिसभामा सभामुख डोलप्रसाद अर्यालले बजेट पारित भएको घोषणा गरे । यसअघि सबै सांसदहरूले राखेका मन्त्रालयगत खर्च कटौतीको प्रस्ताव अस्वीकृत भएको थियो ।

योसँगै सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट खर्च गर्न पाउने भएको छ । यद्यपि यसअघि उक्त विधेयक राष्ट्रियसभामा छलफल भई राष्ट्रपतिबाट प्रमाणीकरण भने हुनु पर्नेछ ।