काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिद ठेक्का प्रकरणमा बयानका लागि तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बोलाएको छ ।
आयोगले खण्डहर बनेको बूढानीलकण्ठस्थित देउवा निवासमा तामेलीको सूचना टाँसेको छ । २०८२ भदौ २४ मा जेनजी आन्दोलनका क्रममा जलाइएको देउवा निवास अहिले भत्काउने काम भइरहेको छ । सोही भग्नावशेष बनेको घरको भित्तामा सूचना टाँसिएको छ ।
आरजुलाई बाटोको म्यादबाहेक तीनदिनभित्र आयोगमा उपस्थित हुन भनिएको छ । उक्त सूचना यही असार २ गतेको मितिमा टाँसिएको थियो ।


