५ असार २०८३, शुक्रबार 1781866944
Banner

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको प्रवक्ता जयन्ती सत्यालले जानकारी दिइन् ।

परीक्षामा चार लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।

कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि भएको थियो ।