काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ ।
शनिबार बिहान बोस्टन स्टेडियममा भएको आफ्नो दोस्रो खेलमा स्कटल्याण्डलाई १–० गोलले हराउँदै मोरक्को विजयी भएको हो ।

मोरक्कोका लागि इस्माइल साईबारीले एक गोल गरेका थिए । खेलको दोस्रो मिनेटमा इस्माइलले गरेको गोल नै मोरक्कोको जितका लागि निर्णायक बनेको थियो ।
यो जितसँगै मोरक्को दुई खेलबाट ४ अंकसहित समूह सी को शीर्षस्थानमा रहेको छ । पहिलो खेलमा मोरक्कोले ब्राजिलसँग बराबरी खेलेको थियो भने स्कटल्याण्डले हाइटीलाई हराएको थियो । यसै समूहमा रहेका ब्राजिल र हाइटीबीचको खेल शनिबार बिहान सवा ६ बजे सुरु हुँदैछ । समूह सी मा नकआउट चरणका लागि यी दुई टोलीबीचको खेलको परिणाम निकै रोचक बन्नेछ ।


