६ असार २०८३, शनिबार 1781971719
Banner

रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबारबाट चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट नेता वर्षमान पुन अनन्त जाने भएका छन् ।  नेकपाले महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन पुनलाई पठाउने भएको हो ।

रास्वपाले भरतपुरको गेस्ट हाउस चौरमा हुने सम्मेलन उद्घाटन समारोहमा सहभागी हुन संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा पठाएको थियो । पूर्ण रूपमा स्वास्थ्य लाभ नभइसकेका कारण प्रचण्डले पुनलाई पठाउन लागेका हुन् । निमोनिया र ज्वरोका कारण अस्वस्थ भएपछि प्रचण्ड करिब १० दिन अस्पताल बसेर १८ जेठमा डिस्चार्ज भएका थिए ।

त्यसयता पहिलो पटक पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शुक्रबार आयोजित सदस्यता नवीकरण अभियानको शुभारम्भ कार्यक्रममा उनी सहभागी भएका थिए । नेता पुनले आफू रास्वपा महाधिवेशनमा शुभकामना दिन आइतबार बिहानै चितवन जान लागेको बताए ।