काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा नजाने भएका छन् ।
भोलिदेखि चितवनमा हुन लागेको महाधिवेशनमा प्रचण्ड नजाने भएका हुन् । स्वास्थ्यका कारण देखाउँदै प्रचण्ड नजाने र प्रचण्डको सट्टा वर्षमान पुनलाई महाधिवेशनमा पठाउने निर्णय भएको हो । प्रचण्ड केही समयदेखि अस्वस्थ छन् । उनी जेठ १६ गते अस्पताल भर्ना भई केहि दिन उपचारपश्चात डिस्चार्ज भएका थिए।


