७ असार २०८३, आइतबार 1782060973
समाचार

रास्वपा महाधिवेशनको उद्घाटन समारोह सुरु हुन ढिलाइ

काठमाडौँ : रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशनको उद्घाटन समारोह सुरु हुन ढिलाइ भएको छ । तर साढे २ बज्दासम्म कार्यक्रम सुरु हुन सकेको छैन ।

चितवनस्थित उद्योग संघ परिसरमा रहेको महाधिवेशन स्थलमा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाह हालसम्म पुगेका छैनन् । तर, महामन्त्री कवीन्द्र बुर्लाकोटी, भुपदेव शाह लगायतका केही नेता भने महाधिवेशनस्थलमै छन् ।

चर्को गर्मीका बीच अन्य नेता कार्यकर्ता पनि महाधिवेशन स्थल पुगेका छन् । महाधिवेशनको शुभकामना दिनका लागि विभिन्न दलका नेता पनि चितवन पुगिसकेका छन् ।