३ भदौ २०८३, बुधबार 1787155919
Banner

लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा

काठमाडौं :  लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वली खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दाङको तुलसीपुर–५ स्थित एकराज बस्नेतको घरमा पुगेर उनकी  श्रीमती र छोरीमाथि हातपात गरेको भन्दै प्रहरीले उनालई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालाय दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्ले जानकारी दिए।

मन्त्री वली पीएसओसहित बस्नेतको घरमा पुगेकी थिइन। त्यसपछि उनले बस्नेतकी श्रीमती र छोरीलाई हातपात गरेको परिवारको आरोप छ।