७ असार २०८३, आइतबार 1782065947
Banner

कालापानी, लिपुलेक हाम्रो हो भन्ने प्रमाण छ, मेरो राष्ट्रियतामा शंका गर्नुपर्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्ने प्रमाण रहेको बताएका छन् । आज चितवनमा पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपालसँग प्रमाण रहेको र प्रमाणका आधारमा जमिन फिर्ता ल्याइने बताएका हुन् ।

यस्तै उनले जमिन विवादमा ब्रिटिसलाई मध्यतकर्ता राख्न नखोजेको स्पष्ट पार्दै ब्रिटिससँगको प्रमाण ल्याउन कुरा आफूले गरेको बताए । उनले आफ्नो राष्ट्रियतामाथि आशंका नगर्न पनि आग्रह गरे ।