२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 11:50 pm
Banner

हेलिकोप्टर दुर्घटना अपडेट : एक विदेशीको मृत्यु, घाइतेको उद्धार

सूचना प्रेस २०८३ कार्तिक १७ मंगलबार ००:००, ०९:२७ बजे १ मिनेट पढाइ

काठमाडौँ । सोलुखुम्बुको फेरिचेमा आज बिहान दुई हेलिकोप्टर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरका अनुसार एयर डाइनेस्टी र फिस्टेल एयरका हेलिकोप्टर एक आपसमा ठोक्किँदा एक विदेशीको अन्दस्पट मृत्यु भएको हो ।

मृतक कुन देशका नागरिक हुन भन्ने अहिलेसम्म पहिचान नखुलेको प्रमुख जिल्ला अधिकारी थापा मगरले जानकारी दिए । एक जना घाइते भएका छन् । घाइतेको प्रभु ऐयरको हेलिकोप्टरबाट रेस्क्यु गरिएको थापा मगरले बताए । उनलाई लुक्लामा रहेको अस्पतालमा पुर्‍याइएको छ । दुई हेलिकोप्टर ल्याण्डिङ गर्ने क्रममा पङ्खा ठोकिएर दुर्घटना भएको हो ।