४ आश्विन २०८१, शुक्रबार 1726852063
Banner

बिमला वलीको मन्त्री पद खोसिने तयारी

काठमाडौं। लुम्बिनी प्रदेशकी राज्यमन्त्री बिमला वलीलाई सरकारबाट हटाउने तयारी भएको छ । उनले तुल्सीपुरस्थित आलुमण्डीमा एकराज बस्नेतको घर पुगेर आक्रमण गरेको घटनापछि हटाउने तयारी भएको हो ।

बिमलाले हिजो विहानै एकराजको घर पुगेर उनकी पत्नी मीना भण्डारीलाई कुटपिट गरेकी थिईन । त्यसपछि मीनाले आफन्त र स्थानीयलाई बोलाएपछि नियन्त्रणमा राखिएको थियो । उनलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

बिमलाले एकराजलाई आफ्नो पोइ भन्दै मीनामाथि आक्रमण गरेकी थिईन । । यो घटनाले विमला फेरि विवादमा परेकी छिन् ।

तत्कालीन नेकपा एमालेका प्रदेश सभा सांसद उत्तरकुमार वलीको निधनपछि बिमला उपनिर्वाचन लडेर विजयी भएकी थिइन् । त्यसपछि उनी एमाले र माओवादीमा जाने र फर्कने गरेर चर्चामा आइन् । बार्गेनिङ्ग गरेर राज्यमन्त्री सम्म बन्न सफल भएकी थिईन ।