१४ असार २०८३, आइतबार 1782671549
समाचार

मेटलाइफको व्यतित जीवन बीमा पोलिसी पुनः सक्रिय गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट

काठमाडौं । मेटलाइफ नेपालले सीमित अवधिका लागि विशेष अभियान सञ्चालन गर्दै आफ्ना ग्राहकहरूलाई व्यतित बीमा पोलिसी पुनः सक्रिय गर्दा विलम्बशुल्कमा शतप्रतिशतसम्म छुट प्रदान गर्ने घोषणा गरेको छ ।

ग्राहकहरूले यो सुविधा वान बाई मेटलाइफ एप वा नजिकको शाखा कार्यालयमार्फत प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यस अभियानका मुख्य विशेषताहरू यस्तो रहेको छ–

–पाँच वर्षभित्र व्यतित भएका पोलिसीहरू पुनः सक्रिय गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट

–पाँच वर्षभन्दा बढी समयदेखि व्यतित रहेका पोलिसीहरू पुनः सक्रिय गर्दा विलम्ब शुल्कमा ७५ प्रतिशत छुट

–वान बाई मेटलाइफ एप वा मेटलाइफको शाखा कार्यालयमार्फत सेवा उपलब्ध

–अभियान अवधि : जुन १८ देखि जुलाई १६, २०२६ सम्म

कम्पनीका अनुसार यस अभियानमार्फत ग्राहकहरूले अतिरिक्त जरिवानामा बचत गर्दै आफ्नो बीमा सुरक्षा पुनः सुरु गर्न सक्नेछन् । वान बाई मेटलाइफ एप प्रयोग गर्ने ग्राहकहरूले शाखा कार्यालयमा उपस्थित नभई सम्पूर्ण प्रक्रिया सहज रूपमा सम्पन्न गर्न सक्नेछन् ।

एपमार्फत पोलिसी पुनः सक्रिय गर्न ग्राहकहरूले एपमा लगइन गरी माई इन्सुरेसअन्तर्गत रहेको निष्क्रिय पोलिसी चयन गर्नुपर्नेछ । त्यसपछि रेंस्तेट पोलिसी विकल्पमा गई आवश्यक विवरण भरेर अनुरोध पेश गर्न सकिनेछ । ग्राहकहरूले आफ्नो अनुरोधको अवस्था पनि एपबाटै सहज रूपमा हेर्न सक्नेछन्, जसले बारम्बार जानकारी लिनुपर्ने आवश्यकता हटाउँछ ।

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, “हामी ग्राहकहरूका लागि बीमा सेवाहरूलाई अझ सरल, सहज र पहुँचयोग्य बनाउने दिशामा निरन्तर काम गरिरहेका छौँ । वान बाई मेटलाइफ एपमार्फत पोलिसी पुनः सक्रिय गर्ने प्रक्रिया अहिले अझ छिटो, सजिलो र सुविधाजनक बनेको छ । हामी सबै ग्राहकहरूलाई यस विशेष अभियानको लाभ उठाई आफ्नो बीमा सुरक्षा पुनः स्थापित गर्न अनुरोध गर्दछौँ ।”