५ मंसिर २०८३, शनिबार Saturday, 21 November 2026
हामीलाई पछ्याउनुहोस्
५ मंसिर २०८३, शनिबार 9:57 am
समाचार

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृ’त्यु

सूचना प्रेस २०८३ मंसिर ५ शनिबार ००:००, ०९:५६ बजे १ मिनेट पढाइ

काठमाडौं जिल्ला, चन्द्रागिरि नगरपालिका–८ स्थित एपीएफ एकेडेमी गेट काप्रावोट नजिकैको मोडमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार व्यक्ति घाइते भएका छन्।

मंसिर ४ गते अन्दाजी १८:०० बजेको समयमा मकवानपुरबाट सतुङ्गलतर्फ आउँदै गरेको जिल्ला कञ्चनपुर, बेलौरी बस्ने अन्दाजी २५ वर्षीय रमेश चौधरीले चलाएको बा.प्र.०२-०२० प २७६६ नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक रमेश चौधरी र पछाडि सवार जिल्ला कञ्चनपुर, पुनर्वास नगरपालिका–६ घर भई हाल काठमाडौं जिल्ला, कीर्तिपुर बस्ने अन्दाजी ४३ वर्षीय मेकबहादुर वाइबा घाइते भएका थिए।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग मातातीर्थबाट तत्काल प्रहरी टोली खटिई दुवै जनालाई उद्धार गरी उपचारका लागि सतुङ्गलस्थित एपीएफ अस्पताल पठाइएको थियो। उपचारका क्रममा चिकित्सकले साँझ १९:०० बजे मोटरसाइकल चालक रमेश चौधरीलाई मृत घोषणा गरेका थिए। पछाडि सवार मेकबहादुर वाइबाको अवस्था भने मध्यम रहेको छ।

दुर्घटनामा परेको मोटरसाइकल साँझ १९:३५ बजे घटनास्थलबाट निकालेर प्रहरी प्रभाग मातातीर्थमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।