१४ असार २०८३, आइतबार 1782672782
Banner

फ्रान्समा विमान दुर्घटना, कम्तिमा ११ जनाको मृत्यु

काठमाडौं । फ्रान्सको न्यान्सी विमानस्थल नजिकै आइतबार टोम्ब्लेनमा स्काइडाइभिङ विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा विमानमा सवार कम्तिमा ११ जनाको मृत्यु भएको फ्रान्सेली सञ्चारमाध्यम एल’एस्टरिपब्लिकनले जनाएको छ ।

उसका अनुसार उद्धार कार्य जारी रहेको छ । विमानमा स्काइडाइभरहरू सवार थिए । विमान दुर्घटनापछि दुर्घटना भएको क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ ।