१६ असार २०८३, मंगलबार 1782801823
Banner

आज र भोलि भारीदेखि धेरै भारी वर्षा

काठमाडौं । आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले दुई दिनअगाडि नै विशेष बुलेटिन जारी गर्दै भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन सचेत गराएको थियो ।

आज र भोलि मनसुनी गतिविधि बढ्ने र मधेस, कोसी, वाग्मती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ । यी प्रदेशका एकरदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ ।

देशका पहाडी र तराई भूभागका धेरै स्थानमा तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।