२१ भदौ २०८३, आइतबार 1788740302
Banner

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेलको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने भएको छ।

मंगलबारका लागि तोकिएको पेसीको सुनुवाइ न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासमा हुन लागेको हो।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार ११ गते विपक्षीका नाममा कारण देखाउन भन्दै असार १६ गतेका लागि पेसी राख्न आदेश दिएको थियो।

विभागले भने अनुसन्धानका लागि विशेष अदालतबाट म्याद लिइरहेको छ।

सोमबार मात्रै विभागले पौडेललाई अदालतमा उपस्थित गराएको थियो। न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनलाई दोस्रो पटक थप तीन दिन हिरासतमा राख्न म्याद दिएको थियो।
यसअघि असार ९ गते विशेष अदालतले सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

हिरासतमा राख्न अनुमति दिएपछि असार १० गते पौडेलकी पन्ती दोमायाले आफ्ना श्रीमानलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।