४ आश्विन २०८१, शुक्रबार 1726826275
Banner

आजदेखि मतदाता नामावली दर्ता खुल्ला

काठमाडौँ । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने भएको छ। आयोगले सबै जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयहरुबाट मतदाता नामावली दर्ता गर्न सकिने जनाएको छ । त्यस्तै अस्थायी बसोबास गरिरहेको स्थानबाट पनि नामावली दर्ता गर्न सकिने आयोगले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले असार १ गतेबाट मतदाता नामावली संकलन शुरु गरेको हो ।

आयोगले मतदाता नामावली संकलन गरिने र योग्यता पुगेका सबै नागरिकलाई आफ्नो नाम दर्ता गराउन आग्रह समेत गरेको छ ।