७ जेष्ठ २०८३, बिहिबार 1779355865
पर्यटन

रलिङ मेलाका लागि हेलिकोप्टर उडान

हुम्ला। धार्मिक तथा पर्यटकीय क्षेत्र रलिङ गुम्बामा लाग्ने मेलाका लागि हेलिकोप्टर उडान स्थानीय स्तरमा सुरु भएको छ। धार्मिक मेला लाग्ने र आन्तरिक पर्यटक गुम्बाको अवलोकन गर्न जाने भएपछि हेलिकोप्टरले उडान भएको हो। 

रलिङ मेला हेर्न जानु भएका सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला भाम रोकायाले रलिङका लागि दुई वर्ष कोरोनाको कारण रोकिएको हेलिकोप्टर उडान सुरु भएपछि जान पाइएको बताउनुभयो। 

उहाँले उक्त पर्यटकीय क्षेत्रमा पहिले पैदल जाने गरिएको भए पनि अहिले हेलिकोप्टर उडान हुनेपछि सहज भएको बताउनुभयो। उहाँले एकतर्फी उडान भाडा भने पाँच हजार पाँच सय लिने गरेको बताउनुभयो। 

दुईतर्फ आवतजावत गर्नेले भने एघार हजार भाडा तिर्नुपर्नेछ। उहाँले नागरिक उड्डयान प्राधिकरण सिमकोट शाखाका निमित्त प्रमुख मनोज डंगोलका अनुसार मङ्गलबार चार बजेसम्म तीस वटा उडान भरेको छ। 

अन्य बेला पनि आन्तरिक पर्यटकले हेलिकोप्टर उडानबाट गुम्बा तथा पर्यटकीयस्थलको दर्शन र अवलोकन गर्दै आउनुभएको छ।