काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा ४०० र चाँदी १० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ६०५ रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । चाँदी प्रतितोला चार हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो ।


