पुष्कर कडेल, ललितपुर

लोकप्रियतावादीहरूको “पैतिस वर्षमा केहि पनि भएन, पुराना दल र नेताहरू सबै खराब, नयाँ जति सबै ठीक भन्ने भाष्य पूर्णत गलत थियो।” यो कुरो हामीले समय मै बुझ्नै सकेनौं, नकारात्मक भाष्यको भ्रममा पर्यौं र षडयन्त्रको सिकार पनि भयौं। यहि भ्रमपूर्ण भाष्यको जगमा भदौं आतंक र फागुनमा चुनाव पनि गराइएको थियो।
लहलहैमा रमाएर, आतंकबाट डराएर धारणा बनाउने र निष्कर्षमा पुग्ने हाम्रो प्रवृत्तिका कारणले हामी विचारहिन राजनीति र चरित्र र नैतिकहिन खराब पात्रहरूबाट शाषित हुनुमात्र परेको छैन, देशका विरूद्ध सत्तामा बसेका लोकप्रियतावादीहरू उभिंदा पनि मूकदर्शक बनेर बसेका छौं।
हाम्रो यहि प्रवृत्ति र लोकप्रियतावादीहरूको विषाक्त चरित्रलाई लिएर पूर्व राजदूत तथा राजनीतिक विश्लेषक निलाम्बर आचार्य सामाजिक सञ्जाल एक्समा लेख्छन :
“खुलस्त कुरो भयो
रिसाउँछन् कि भनेर ईपिजीको कुरो उठाइएन
१९५० को असमान सन्धि छोइएन
सार्क शिखरको उच्चारण गरिएन
कालापानीबाट सैनिक हटाउन भन्ने बनेन
सीमामा निर्माण रोक्न भनिएन
अग्निपथ उठाइएन
थप हवाई मार्ग पाइएन
खुलस्त कुरा भयो
ऐतिहासिक भयो।
धेरै गरियो।
बिजुली व्यापार हुने भयो
सम्भालियो।”
देशमा विकासको गति अलि ढिलो थियो। विधिको शासनमार्फत सुशासन र विकास राजनीतिको मुख्य मुद्दा बन्दैथ्यो। लोकतान्त्रिक प्रणालीले गति लिदैथ्यो। तापनि देश संवैधानिक गतिशीलता र राजनीतिक स्थिरतामार्फत अपेक्षित गन्तव्यतर्फ चल्न थालेको थियो। तर लोकतान्त्रिक गणतन्त्र नचाहने र देश विरोधी शक्तिले सामाजिक सञ्जालहरूमार्फत नकारात्मक भाष्य व्यापक बनायोमात्र होइन, देशका महत्त्वपूर्ण संस्थाहरूमा कब्जा गरेर आतंक नै सिर्जना गर्यो। आतंक गरेर नागरिकहरू मरायो र देश खरानी पनि बनायो। यो सत्य एकातिर जनताले बुझ्न सकेनन् भने अर्कातिर देशको स्थायी संस्थाहरू आतंकको सहयोगी बन्यो र पक्षमा उभियो।
त्यसैले त “आतंकलाई क्रान्ति र आतंककारीलाई क्रान्तिकारी ठान्दा अनि ठगलाई राजनेता र तलतलमा रमाउनेलाई नायक मान्दा देश र लोकतन्त्र विरोधी शक्तिको मनोबल बढ्न पुग्यो।” यो आजको यथार्थ हो। तर आज यो सत्य प्रकट गर्दा, देश र लोकतन्त्रको पक्षमा उभिंदा दण्डित हुनुपर्ने परिस्थिति बनाईंदैछ।
विगतमा भएका दुर्घटना र घटनाहरूको शुक्ष्म विश्लेषण गर्दा बुझ्न सकिन्छ, मदन–आश्रितको त्यो दुर्घटना थिएन, १० वर्षे हिंसा, द्वन्द्व र विध्वंस क्रान्ति होइन आतंक थियो, दरबार हत्याकाण्ड राजा विरेन्द्रको वंशनासमा केन्द्रीत थियो, मधेश विद्रोह प्रयोजित नै थियो,जातीय प्रदेशको माग षडयन्त्रको एउटा कडी थियो, शुशिल कोइरालाको मृत्यु स्वभाविक थिएन, दलहरूको विभाजनमा कहिं कतै प्राकृतिक थिएन, र जेनजी विद्रोहको आवरणमा दुई दिने प्रायोजित आतंक थियो। यी सबै दुर्घटना र घटनाहरूमा एउटै शक्तिको हात देखिन्छ। अहिले सत्तामा रहेकाहरूमाथि तिनकै आशिर्वाद भएको “नेपालले पनि धेरै ठाउँमा भारतका भूमि मिचेको छ।” भन्ने संसदमा प्रधानमन्त्रीको अभिव्यक्तिले पुष्टी गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को महाधिवेशनपछि यो पार्टीको गठन र रवी–बालेनको फ्युजन बाह्य शक्तिको स्वार्थ र रणनीतिबमोजिम भएको स्पष्ट रूपमा बुझ्न सकिन्छ। संविधानबमोजिम आधिकारिक देखिन महाधिवेशनको नाटक मञ्चन गरिएको थियो। अन्यथा महाधिवेशनमा नीतिमाथि छलफल हुने थियो र नेतत्व चयनमा महाधिवेशनमा आएका सबै प्रतिनिधिहरूले आफ्नो राजनीतिक मताधिकारको प्रयोग गर्ने थिए। चार हजार प्लस प्रतिनिधि महाधिवेशनमा आएका थिए। तर जम्मा १२९० प्रतिनिधिहरूले मात्रै मतदान गरेको देखियो। फेरि रास्वपाले सामन्ती र विस्तारवादीको पक्षमा काम गर्दैछ।
सामन्तीहरूको चरित्रले गरिब तथा गरिखाने वर्गलाई आफ्नो सत्ताको मुख्य दुश्मन ठान्छ र सोहीअनुसार व्यवहार पनि गर्छ। सत्ता शक्तिको प्रयोग गरेर गरिब तथा गरिखाने वर्गलाई दुःख दिन्छ। बालेनमा यो चरित्र पहिले मेयर हुँदा पनि थियो र अहिले प्रधानमन्त्री हुँदा पनि देखिएको छ। हिजो स(साना सडक व्यापारी, ठेला पसले र मकै पोलेर बेच्नेहरूलाई काठमाडौं महानगरबाट लखेट्न स्थानीय सत्ताको प्रयोग गरेको थियो भने आज सुकुम्बासीहरूलाई वर्षामासमा केन्द्रीय सत्ताको प्रयोग गरेर बिचल्लीमा पार्दैछ। तर यति सामान्य सत्य त्यही गरिब तथा गरिखाने वर्गले नै बुझिरहेको छैन र भ्रममा अलमलिएको छ।
सामाजिक सञ्जालहरूबाट भ्रम छरेर सामान्ती र विस्तारवादीको सेवामा समर्पित यो सरकारबाट न लोकतन्त्र बलियो बन्नेवाला छ न त देशको स्वाभिमान नै जोगाउनेवाला छ। २०७९ सालदेखि यताको घटनाक्रमहरूले भन्छ, हामी अति नकारात्मक भाष्यमा रमायौं, खराब पात्र र प्रवृत्तिहरूको देवत्वकरणमा अलमलियौं। परिणामस्वरूप आज लोकतन्त्र र देश र संकटमा परेको छ। देशमा उत्पादित बिजुली प्रयोगमा प्रोत्साहित गर्न मुल्य घटाउनु पर्नेमा उल्टो दातृ संस्थाको दबाबमा परेर थप ५५ भ्याट लगायो। यसले यो सरकारले तल्लो वर्गको स्वार्थमा काम गर्नेवाला पनि छैन।
बिजुलीमा लगाइएको भ्याटलाई लिएर त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्राध्यापक रामप्रसाद ज्ञावली ९पिएचडी० भन्छन्, “विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले हामी आयोगमा हुँदा दुईवटा कुरामा पेलेको थियो। बिजुली र शिक्षा तथा स्वास्थ्यमा कर लगाउनु पर्छ भन्थ्यो। यो कुराले यो बजेट प्रत्युत्पादक छ।” मतलब यो सरकार जनता होइन, दातृसंस्था खुसी बनाउने सोचबाट निर्देशित भइरहेको छ।
हामी अति भ्रममा परेका छौं, त्यसैले त नकारात्मक भाष्यमा आफ्नो सुरक्षित, सुन्दर र समृद्ध भविष्य खोज्दैछौं, विचारहिन राजनीतिमा रमाएका छौं र खराब पात्रमा नायकीपन देख्दैछौं। जसका कारणले लोकतन्त्रको उपयोग गरेर लोकतन्त्रमाथि धावा बोल्न सजिलो भएको छ र संविधान नै प्रयोग गरेर असंवैधानिक ‘कू’ गरियो र गरिदैछ। प्रतिगमन स्वभाविक देखाउन र बनाउन खोजिदैछ। सत्ताको दुरूपयोग गरेर विस्तारवाद ठीक हो भनिदैछ। संवैधानिक संस्थाहरूमाथि अनुचित दबाब दिएर निर्णय पनि गराईंदैछ।
संवैधानिक संस्थाहरूमाथि सरकारको अस्वभाविक दबाबलाई संविधानविद् विपिन अधिकार ९पिएचडी० लेख्छन्, “मिडियामा आएका रिपोर्टहरू निरासाजनक छन। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले अख्तियारलाई कुनै खास मुद्दामा अनुसन्धान गर्न वा नगर्न, अभियोजन गर्न वा नगर्न आदेश दिन सक्दैन। अख्तियार न त सरकारअन्तर्गतको निकाय हो, न त सरकारप्रति यसको कुनै रिपोर्टिङ दायित्व नै छ। आफ्नो संवैधानिक अधिकार प्रयोग गर्दा अख्तियार स्वतन्त्र रहनुपर्छ र कुनै अवरोध वा हस्तक्षेप भएमा यसले कानून कै संरक्षण खोज्नुपर्छ।”
हुन त भद्रकालीबाट आशिर्वाद प्राप्त र भद्रकालीको निर्देशनमा सञ्चालित सरकारबाट लोकतान्त्रिक मुल्यमान्यता र अभ्यासको आसा गर्नु नै हाम्रो गल्ति हो। तैपनि हाम्रा बौद्धिक वर्ग सरकारलाई प्रश्न गर्दैछन्। “निर्वाचनका माध्यमबाट नेपालमा निरङ्कुश शासन व्यवस्था ल्याउन र देशलाई पश्चागामी बाटोमा लैजान खोजिदैछ।” यसका संकेतहरू देखिन थालेका छन। फेरि हामी नेपालीहरू भ्रामक नकारात्मक भाष्य र विषाक्त लोकप्रियतावादमा अलमलिएका छौं। हाम्रो यहि अलमलले लोकतन्त्र र देश विरोधी तत्वको मनोबल बढेको छ र लोकतन्त्रमात्र होइन, देशको भविष्य नै संकटमा पर्दैछ।
यो लेखकको बुझाईले भन्छ, “नेपालमा निर्दलीय पञ्चायती व्यवस्थाभन्दा निरङ्कुश शासन व्यवस्था ल्याउनका लागि प्रयास र तयारीहरू भइरहेका छन।” तैपनि हाम्रो बौद्धिक वर्ग र सञ्चार माध्यमहरूले जनतालाई सचेत र जागरूक बनाउन आवश्यक ठानिरहेका छैनन्। त्यसैले त उनीहरू लोकतन्त्र र देशका पक्षमा उभिएर सत्तालाई प्रश्न गर्न डराइरहेका छन। नेपालमा आज यो अवस्था आउनुमा नेकांका गगन थापा र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका बढी देखिन्छ। कति पत्याउने वा नपत्याउने तपाईं स्वतन्त्र हुनुहुन्छ।
“गगन थापाका कारणले नेकां कमजोर बन्यो भने विद्याका कारणले एमाले१” हामीले स्पष्ट भाषा भन्न सक्नुपर्छ, यी दुई पात्रहरूका कारणले लोकतन्त्रको प्रयोग गरेर लोकतन्त्र कमजोर बनाउन चाहने तत्वले खुला रूपले खेल्ने मौका पायो। एक्प्रेस वे बाट लोकतन्त्र सखाप पार्न खोजिदैछ। त्यो शक्तिले गगन थापामाथि लगानी गरेर नेकांमा अघोषित विभाजन गरायो भने विद्या भण्डारीमाथि लगानी गरेर एमाले कमजोर बनाउने वातावरण बनायो। किनभने राष्ट्र प्रमुख भैसकेको पात्र पार्टीको सक्रिय राजनीतिमा फर्कने चाहाना नै स्वभाविक र प्राकृतिक थिएन भने विशेष महाधिवेशनमार्फत पार्टी सभापति बन्न चाहने गगनको कदम राजनीतिक र आवश्यक नै थिएन।
यतिबेला राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले बुझ्नैपर्ने कुरो के हो भने “दलहरूमा को नेतृत्वमा आउने, पुग्ने वा पुर्याउने, कसलाई हटाउने वा राख्ने भन्ने प्रश्नहरू माथिको बहस नै असान्दर्भिक र अराजनीतिक थियो र छ किनभने आजको मुख्य प्रश्न कुन विचार, कस्तो संगठन, कस्तो नीति र नेतृत्व अनि लोकतन्त्र र देशको भविष्य कस्तो बनाउने भन्ने नै हो। तर यी मुद्दाहरूमा दलका नेता तथा कार्यकर्ताहरू केन्द्रीत भएर छलफल गरिरहेका छैनन्।”
दुखका साथ भन्न सक्नुपर्छ, यतिबेला नेपालको राजनीतिमा विचारहिनता बढेको छ, चरित्र, नैतिक र नीतिहिन नेतृत्वको अस्वभाविक चर्चा छ, समाजमा सद्भाव र दूरदृष्टि ९भिजन० हराएको छ अनि हामी नागरिकमा विवेकहिनता देखिएको छ। हाम्रो यीनै प्रवृत्तिहरूका कारणले ईण्डोवेष्टले नेपालको आन्तरिक मामला खेल्ने मौका पायो। त्यसैले ईण्डोवेष्टले नेपालमा एकातिर लोकतन्त्र कमजोर बनाउँदैछ भने अर्कातिर नेपालको स्वतन्त्र राष्ट्रको पहिचान कमजोर बनाउने रणनीतिलाई रवी(बालेनमार्फत कार्यान्वयन गर्दैछ।
तपाईं हामी लागेको होला, “देश नयाँ बाटोबाट अघि बढिरहेको छ, तर होइन। देश त नयाँ बाटोबाट प्रतिगमनको तयारी गरिरहेको छ।” यसका लागि अतिदक्षिणपन्थी, दक्षिणपन्थी र पश्चागमी नेतृत्व र शक्तिलाई एक ठाउँमा ल्याउने प्रयास पनि भइरहेको छ। चितवनमा भएको रास्वपा महाधिवेशनमा गगन थापाको न्यान्यो स्वागत र चर्चा यसको संकेत हो। अब पनि हामी देशभक्त तथा प्रगतिशिल लोकतन्त्रवादीहरू हामी सचेत र जागरूक भएनौं भने विषाक्त लोकप्रियतावादको दलदलमा भासिने छौं र हामीसँग पछुताउने समय पनि बाँकी रहने छैन।

