पर्वत । अविरल वर्षापछि कालिगण्डकी नदीको बाढीले पर्वतको जलजलामा २० भन्दा बढी घर डुबानमा परेको छ ।
जलजला–८ फर्से क्षेत्रमा अहिलेसम्म २० भन्दा बढी घर डुबानमा परेको वडाध्यक्ष हरि विकास जिसीले बताएका छन् । उनका अनुसार बाढीले ठूलो क्षति गरेको छ ।
बाढीले बस्ती पुर्ने मात्र नभई संरचनाहरू नै बगाएर लगेको जिसीले बताए । ठूलो मात्रामा भौतिक संरचना र धनमालको क्षति भएता पनि हालसम्म कुनै मानवीय क्षति भने भएको छैन ।


