२९ असार २०८३, सोमबार 1783945547
Banner

सरकारले १०० दिनमा अभूतपूर्व काम गरेको छ : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची मध्ये ८७.२ प्रतिशत प्रगति हासिल भएको दाबी गरेका छन्। राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट जवाफ दिँदै सरकारले १०० दिनमा अभूतपूर्व काम गरेको जिकिर गरे।

उनले भने, ‘१०० बुँदे कार्यसूची अन्तर्गत सुशासन तथा भ्रष्टाचार नियन्त्रण, प्रशासनिक पुनर्संरचना, खर्चमा मितव्ययिता, सेवा प्रवाहमा सुधार, आर्थिक उन्नयन, शिक्षा, स्वास्थ्य, मानव विकास, सूचना प्रविधि लगायतका क्षेत्रमा गर्नुपर्ने आधारभूत सुधारका विषयलाई समावेश गरिएको थियो।

समग्रमा हाम्रो मूल्याङ्कनमा शासकीय सुधारका १०० कार्यसूची मध्ये ८७.२ प्रतिशत प्रगति हासिल भएको छ।’ उनले आगामी दिनमा सरकारले शासकीय सुधारका कार्यक्रमलाई थप तीव्रता दिने समेत विश्वास व्यक्त गरे।