३१ असार २०८३, बुधबार 1784125367
समाचार

किसानहरुले गरे माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन

काठमाडौँ : किसानहरुले माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन गरेका छन् । आज(बुधबार) बिहान माइतीघर मण्डला क्षेत्रमा भेला भएका किसानहरुले उत्पादनको उचित मूल्य नपाएको भन्दै गोलभेँडा पोख्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले उचित मूल्य पाउनुपर्नै र बिचौलिया हटाउनुपर्नेलगाायतको माग राखेका छन् । छिमेकी मुलुक भारतबाट ठुलो परिमाणमा आयात भइरहेको सस्तो गोलभेँडाका कारण स्वदेशी उत्पादनले बजार पाउन छाडेको र लागत मूल्य समेत नउठेको किसानहरू बताउँछन् ।