३२ असार २०८३, बिहिबार 1784226639
समाचार

कांग्रेस सांसद अभिषेकप्रताप शाहविरूद्व पक्राउ पुर्जी जारी

रूपन्देही । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरूद्व पक्राउ पुर्जी जारी भएको छ ।

कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि आक्रमणको आरोपमा कपिलवस्तु क्षेत्र नं ३ बाट निर्वाचित शाहविरूद्व पक्राउ पुर्जी जारी भएको हो ।

सांसद शाह र कृष्णनगर नगरपालिकाका मेयर (नगरप्रमुख) रजतप्रताप शाहसहित १५–२० जनाको समूह आफ्नो निवासमा प्रवेश गरेर अन्धाधुन्ध कुटपिट गरेको शर्माले बताएका छन् ।