१ श्रावण २०८३, शुक्रबार 1784287936
समाचार

दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले तीन फरक मुद्दामा उनीहरूलाई धरौटीमा छाड्न आदेश दिएको हो । तर सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विशेष अदालतको आदेशले उनीहरू थुनामै छन् ।

जिल्ला अदालतले बीमा ऐनअन्तर्गतको कसुरमा अग्रवालसँग २ करोड रुपैयाँ धरौटी माग गरेको हो भने भट्टसँग १ करोड ५० लाख धरौटी माग गरेको छ । जिल्ला अदालत काठमाडौंले एक साता लामो निरन्तर सुनुवाइपछि बिहीबार थुनछेक आदेश जारी गरेको हो ।

धितोपत्र सम्बन्धित अर्को मुद्दामा सुलभसँग अदालतले २ करोड ३० लाख धरौटी माग गरेको छ । अदालतले धितोपत्रसम्बन्धी तेस्रो मुद्दामा अग्रवालसँग १ करोड ५० लाख र भट्टसँग १ करोड रुपैयाँ धरौटी माग गरेको छ ।