काठमाडौँ : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ।
बिहीबार दर्ता गरिएको उक्त प्रस्तावमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १० सांसद, राजकुमार शर्मा र नेपाली कांग्रेसका ५ सांसदको हस्ताक्षर रहेको छ।
नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जिसीका अनुसार नेपालको संविधानको धारा १८८ को उपधारा ४ र ५ बमोजिम उक्त प्रस्ताव दर्ता गरिएको हो।
बुधबार मात्रै सत्तारुढ दल नेपाली कांग्रेसबाट सरकारमा सहभागी ४ जना मन्त्रीले राजीनामा दिएपछि कर्णालीको राजनीतिमा हलचल मच्चिएको थियो, जसको भोलिपल्टै मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो।

