सप्तरी । सप्तरीको राजविराज कारागारमा पाँच कैदीबन्दीले आत्मदाहको प्रयास गरेका छन् । शनिबार बिहान कारागारमा विवाद भएपछि उनीहरूले मट्टितेल छेर्केर आत्मदाहको प्रयास गरेको राजविराज कारागार प्रशासनले जनाएको छ ।
केही दिनदेखि कैदीबन्दीहरुको आन्तिरक विवाद भइरहेकोमा असन्तुष्ट पक्षले आत्मदाहको प्रयास गरेको कारागारका प्रमुख रुपक मण्डलले जानकारी दिए ।
उनका अनुसार कैदीहरुले आत्मदाहको प्रयास गर्दा च्याम्बरमै चिकित्सक र एम्बुलेन्स भएकाले कुनै क्षति भएको छैन । विवाद हुनुको कारण भने उनले खुलाएनन् ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले चौकीदारलाई समान्य कुटपिट गर्दा विवाद भएको जानकारी दिए । उनका अनुसार कैदीलाई समझाइबुझाई गर्दा अहिले अवस्था नियन्त्रणमा रहेको छ ।

