लमजुङ । मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ सवार गाउँपालिकाको जीप शनिबार बिहान दुर्घटनामा परेको छ । जीप बेसिशहर–चामे सडकखण्डको जलकिनेमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
लमजुङ साइकलिङ संघको प्रथम टुर दी लमजुङ–२०२६ को साइकलिङ टोलीलाई पानी लैजान लाग्दा गाडी दुर्घटना भएको बताइएको छ ।
प्रहरीका अनुसार गाडी अध्यक्ष गुरुङ आफैंले चलाएका थिए । दुर्घटनापछि घाइते भएका अध्यक्ष गुरुङलाई उपचारका लागि प्रदेश अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

