चितवन । सडक डिभिजन भरतपुरले नारायणगढ मुग्लिन सडकमा यातायात सञ्चालन भएको जनाएको छ ।

सामाजिक सञ्जालमा सूचना राखेर डिभिजन कार्यालयले अहिले बिहानबाट यातायात सञ्चालनमा आएको जानकारी दिएको हो ।
राति मुग्लिन नारायणगढ सडक खण्डमा सवारी दुर्घटना भएपछि यातायात अवरुद्ध भएको थियो ।
यातायात सञ्चालनमा आएपछि रातभर रोकिएका यात्रु गन्तव्यमा हिँडेका छन् ।

