काठमाडौं : बाढी, पहिरो तथा विकास निर्माणका कामले गर्दा देशका विभिन्न राजमार्गहरूमा यातायात आवागमन अवरुद्ध र प्रभावित भएको छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका मुख्य सडक खण्डहरू पूर्ण तथा एकतर्फी रूपमा प्रभावित भएका छन् ।

