म्याग्दी : १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । मालिका गाउँपालिका ५ देविस्थान पन्थुक बस्ने २२ वर्षीय बिकल विकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बिकलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मुनाताकमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

