१० श्रावण २०८३, आइतबार 1785057057
Banner

पहिरोले पुरिएर रोल्पामा दुई महिलाको मृत्यु

रूपन्देही । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा पहिरोमा पुरिँदा दुई महिलाको मृत्यु भएको छ ।

शनिबार दिउँसो गएको पहिरोमा परेर गाईबाख्रा चराउँदै रहेका स्थानीय ५१ वर्षीया असौजी घर्ती मगर र ३६ वर्षीया अमरा घर्ती मगर पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा साँझ दुवै जनाको शव पहिरोबाट निकालिएको हो।