१२ श्रावण २०८३, मंगलबार 1785261070
Banner

सुनसरीको पूर्व–पश्चिम राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

साउन १२ गते । सुनसरीस्थित पूर्व–पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) को आसपासका क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले मङ्गलवार एक सूचना जारी गर्दै दिउँसो ३ः३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लागू गर्नुभएको हो।

प्रशासनले इटहरीको पकल्ली चोकदेखि कोशी ब्यारेज क्षेत्रसम्म आवतजावतका साथै कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न पूर्ण रूपमा निषेध गरेको छ।

जारी सूचना अनुसार पूर्वमा इटहरी उपमहानगरपालिकाको पकल्ली चोक, पश्चिममा कोशी गाउँपालिका–८ स्थित कोशी ब्यारेजको पुल तथा महेन्द्र राजमार्गको दायाँ–बायाँ (उत्तर–दक्षिण) दुई सय मिटरको सीमाभित्र जुनसुकै किसिमका प्रदर्शन तथा गतिविधिमा प्रतिबन्ध लगाइएको छ। शान्ति सुरक्षाको स्थिति कायम राख्न यो कदम चालिएको स्थानीय प्रशासनले जनाएको छ।