काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले सुनसरी घटना नियोजित तरिकाले घटाइएको दाबी गरेका छन् ।
एक भिडियो जारी गर्दै उनले उक्त घटना योजनाबद्ध रूपमा गराइएको दाबी गरेका हन् ।
प्रसाईंले भने, ‘सुनसरीको घटना नियोजित तरिकाले घटेको घटना हो र घटाइएको घटना हो ।’
प्रसाईंले सरकारमाथि प्रश्न उठाउँदै घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरे । उनले नेपालमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्नुपर्नेमा जोड दिँदै कुनै पनि प्रकारको हिंसा र द्वन्द्वबाट समस्या समाधान नहुने बताए ।
प्रसाईंले भने, ‘मुस्लिम समुदायप्रति मेरो कुनै विरोध छैन । नेपालमा जन्मिएका मुस्लिम दाजुभाइप्रति मेरो सम्मान छ । तर केही बाह्य शक्तिले नेपालमा अस्थिरता सिर्जना गर्न खोजेको मेरो बुझाइ छ ।’

