२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 8:33 am
Banner

मधेसका नेताहरूसँग प्रधानमन्त्रीको छलफल

सूचना प्रेस २०८३ श्रावण १५ शुक्रबार ००:००, ११:४९ बजे १ मिनेट पढाइ

काठमाडौँ : सुनसरी लगायत मधेसका विभिन्न स्थानमा भइरहेको तनावको स्थितिबारे प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मधेस केन्द्रित विभिन्न दलका नेताहरूसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा जनमत पार्टीका अध्यक्ष सी.के.राउत, जनता समाजवादी पार्टीका महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह लगायत छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार अन्य नेताहरू लालबाबु राउत, रामकुमार शर्मा, समिम मियाँ अन्सारी, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी पनि प्रधानमन्त्रीसँगको छलफलमा सहभागी छन् । प्रधानमन्त्री शाहले बिहीबार पछिल्ला घटनाक्रमलाई लिएर देशवासीका नाममा सम्बोधन गरेका थिए ।